निर्वाचन केन्द्रित अभियान शुरु
बनेपा/राष्ट्रिय युवा संघ नेपाल काभ्रेको जिल्ला संयोजकमा सागर रायमाझीलाई तोकिएको छ । सोहि कमिटीको सह संयोजकमा सौगात बस्नेत रहनु भएको छ । भेलाले जिम्मेवारी बाँडफाँडका साथै स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार नगरमा एक बुथमा २ सय युथ र गाउँपालिकामा एक बुथ सय युथ परिचालन गर्ने निर्णय गरेको छ ।
युवाहरुको भेलाले मिलन लामालाई युथ फोर्स विभाग प्रमुखको जिम्मेवारी दिईएको छ । अनिस लामालाई संगठन विभाग, सिवी तामाङ प्रचार विभाग, रुपकजंग रायमाझी आर्थिक विभाग, प्रताप लामा कार्यालय विभाग, गिता सिलवाल महिला विभाग, विष्णुप्रसाद चौलागाई स्वंसेवक विभागको प्रमुख जिम्मेवारी दिइृएको दिईएको छ । त्यस्तै स्वयंसेवक विभागको सचिवमा पामेल शाहिलाई जिम्मेवारी दिईएको छ । प्रतिनिध सभा क्षेत्र नम्वर १ का मा संयोजक झलक लामा, सचिव सुरेन्द्र थिङ्ग, प्रतिनिधि सभा २ मा संयोजक इश्वर बल्भव सापकोटा र सचिव विकास गौतमलाई जिम्मेवारी दिईएको छ । प्रदेश सभा १ क मा संयोजक अमृत गौतम, ख मा रमेश डिसी, प्रदेश सभा २ क मुकुन्द तिमल्सिना, ख मा संयोजक दिनेश लामा रहनु भएको छ ।
केपी ओली नेतृत्वको सरकारले शुरु गरेका विकासका कयन कामहरुको निरन्तरताका बारेमा प्रचार प्रसार गर्ने, वर्तमान परमादेशको गठवन्धन सरकारले ल्याएका गलत योजना र कार्यक्रमका कारण बढेको महङ्गी, भ्रष्टाचार विरुद्ध शशक्त अभियान चलाउने निर्णय गरेको संयोजक सागर रायमाझीले बताउनु भयो । भेलामा एमाले काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले युवाहरु देशका संवाहक भएकाले हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका र जिम्मेवारीपूर्ण दायित्व निर्वाह गर्नु पर्ने बताउनु भयो । युवा संघका नेता अमित लामा, पार्टीका उप सचिव राजकुमार सापकोटा, युवा संघका नेताहरु राकेश लामा, होमप्रसाद चौलागाई, विक्रम चौलागाई, विद्यार्थी नेताहरु तथा विभिन्न क्षेत्रका नेताहरुको सहभागिता रहेको थियो । युवा संघले १ सय ३५ वटा वडा, टोल कमिटी र पालिका कमिटी मार्फत सरकारका गलत कामको भण्डाफोर गर्दै आयआर्जन र आत्मनिर्भरका लागि अभियान संचालन गर्ने निर्णय गरेको छ ।









