2026 April 25/ 06:12: 27am

    बनेपा/विश्व सम्पदा दिवसको अवसर पारी बनेपाका सम्पदा प्रेमी युवाहरुको समुहले काभ्रे युवा उद्यमी मञ्चले ¥याली, नेवारी भोज तथा सन्ध्याकालीन सांगितिक साँझ प्रस्तुत गरेको छ । ‘बनेपा भित्रका सम्पदाको संरक्षण र संस्कृतिको पहिचान मुख्य उदेश्य हो’–सम्पदाप्रेमी समुहका सदस्य नवराज केसीले भन्नुभयो–‘सबै सम्पदाहरुको अध्ययन र संरक्षणका लागि कृयाशिल हुनेछौं ।’ 
    बनेपामा आयोजित ¥यालीमा स्थानीय धिमे बाजा सहभागी गराईएको थियोे । बनेपा नगर परिक्रमा गरेको ¥यालीमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । धिमे बाजा लोप हुन नदिन बनेपामा आयोजित विभिन्न कार्यक्रममा प्रयोगमा ल्याउने गरिएको थियो । धिमे बाजाका साथ बनेपाका सम्पदा प्रेमीहरुले साईकल ¥याली गरेका थिए । दिउसो देखि आयोजना गरिएको नेवारी भोजमा ५ सय भन्दा धेरैको सहभागिता रहेको थियो । नेवारी भोजमा परापुर्वकालदेखि चल्दै आएका परिकारहरु समावेश गरिएको थियो । 
    सम्पदाप्रेमी समुहमा काभ्रे युवा उद्यमी मञ्चका अध्यक्ष सरोजकाजी श्रेष्ठ, निरन शाक्य, दिलिपकुमार श्रेष्ठ, नवराज केसी, साजित शाक्य, अनिष प्रजापति, रामेश्वरी मानन्धर, रोजन प्रधान, मनिक शाक्य, बुद्ध मानन्धर र मोहन तौजले रहनु भएको छ । समुहले बनेपाका आठ गणेश, ९९ इनार, विभिन्न जात्राहरु, पाटी पौवा, मन्दिर तथा अन्य विषयका बारेमा अध्ययन गरी स्थानीय तहहरुसँगको समन्वयमा संरक्षणमा साझेदारीता गर्नेछ । 
    स्थानीयहरुलाई सम्पदाको बारेमा जानकारी गराउँदै सम्पदाको संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रम भईरहेको काभ्रे युवा उद्यमी मञ्चका अध्यक्ष सरोजकाजी श्रेष्ठले बताउनु भयो ।