2026 April 25/ 06:12: 55am

बनेपा १० मा ९५ प्रतिशत सम्पन्न 
    जनागाल/बनेपा नगरपालिका वडा नम्बर १० मा २०७४ को निर्वाचनमा ब्यक्त गरेका प्रतिबद्धताहरु ९५ प्रतिशत पुरा भएको वडा अध्यक्ष चन्द्र बहादुर खड्काले बताउनु भयो । 
    वडा अध्यक्ष चन्द्र बहादुर खड्काले वडामा कुनै पनि खानेपानीका मुहान नभएकाले सबै वडाबासीलाई खानेपानी खुवाउनका लागी ३ वटा डिप बोरीङ्ग गरी ३ वटा ४ लाख लिटर अट्ने खानेपानी ट्याङ्की निमार्ण सम्पन्न गरिएको बताउनु भयो । केहि दिन पछि खानेपानीको पाईप बिच्छ्याई प्रत्येक घरमा वितरण गरिने खड्काले बताउनु भयो । पहिलो प्रतिबद्धता अनुसार खानेपानीको काम अन्तिम चरणमा पुगेको खड्काको भनाई रहेको छ । त्यसैगरी सडक कालोपत्रे, ढलान, नयाँ ट्रयाक, ग्राबेल, स्वास्थ्य चौकी भवन निमार्ण सम्पन्न, मठ मन्दिर निमार्ण, ऐतिहासिक सेतो पाटि पुन निमार्ण, विद्यालय भवन निमार्ण गरिएको र केहि सडकहरु अन्तिम चरणमा पुगेको खड्काले बताउनु भयो । 
त्यसैगरी भौतिक विकास सगै किसानहरुलाई कृषि औजार वितरण, गोठ सुधार, विउ विजन वितरण, माटो परिक्षण,आत्मनिर्रभर बनाउनका लागी सिपमुलक तालिम प्रदान गरीएको खड्काले बताउनु भयो । नगर, प्रदेश र केन्द्रिय बजेट मार्फत वडामा चरणबद्ध विकासका काम गरिएको र सम्पुर्ण वडा सदस्य, वडा बासीहरुको सहयोगमा योजनाहरु समयमा नै सम्पन्न गर्न सफल भएको वडा अध्यक्ष खड्काले बताउनु भयो । यो वडामा एमालेका खड्का विजयी भएका थिए । अहिले पनि एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । 
वडा नम्बर ७ मा जम्मा ५ सय मिटर कालो पत्रे गर्न बाँकी
    बनेपा नगरपालिका वडा नम्बर ७ मा ५ सय मिटर सडक  कालो पत्रे गर्न बाँकी रहेको वडा अध्यक्ष वर्ण शाक्यले बताउनु भयो ।     वडा अध्यक्ष शाक्यका अनुसार वडामा ८ किलोमिटर सडक कालो पत्रे, २ किलो मिटर सडक ढलान, स्वास्थ्य चौकी भवन, २ किलो मिटर सडक ४ दोबाटो देखी दाँया बाँया पुटपाथ निमार्ण गरिएको बताउनु भयो । त्यसै गरी विश्वसम्पदा जोगाउन पुराना ईनार, पोखरी, मठ मन्दिर पुन निमार्ण, उग्रतिर्थमा रहेको घाट निर्माण, जेष्ठ नागरिक विश्राम स्थल निमार्ण गरिएको शाक्यले बताउनु भयो । वडाबासीहरुका लागी फोहोर ब्यबस्थापनका लागी कौसीखेती तालिम, सीपमुलक तालिम प्रदान गरिएको शाक्यले बताउनु भयो । वडामा न्यून आयस्तर भएकालाई कोरोनाका समयमा राहत बितरण, स्वास्थ्य सामाग्री वितरण गरिएको बताउनु भयो । वडामा वडा बासीहरुलाई चेतना मुलक तालिम, रोजगार मुलक सिप प्रशिक्षण प्रदनाग गर्न लागीएको शाक्यले बताउनु भयो । निर्वाचित भएपछि २० वर्षमा हुन नसेकका विकासका योजनाहरु आफ्नो नेतृत्वले ५ वर्षमा पुरा गरेको उहाँले बताउनु भयो । शाक्य पनि एमालेबाट निर्वाचित अध्यक्ष हुन् ।