बस बिसौनी स्थानको शुभारम्भ
बनेपा/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोक र डिभिजन सडक कार्यालय भक्तपुरको सहयोगमा अरनिको राजमार्गका विभिन्न स्थानमा बस विसौनी स्थानको शुभारम्भ गरिएको छ ।
जिल्लाको साँगा देखि दोलालघाटसम्मका विभिन्न स्थानमा सवारी साधन रोकी यात्रु चढाउने र ओराल्ने स्थान सडक किनारासँगै भित्री भागमा गर्ने गरी केहि स्थानमा बस विसौनीको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अरनिको राजमार्गमा चल्ने सवारी साधनको चापको अनुपातमा सडकको चौडाहा सानो रहेको र सार्वजनिक सवारी साधनले जथाभावी रोकेर यात्रु ओराल्ने र चढाउने हुँदा हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरण तथा रोकथामको लागि अरनिको राजमार्ग अन्तरगत साँगा देखि धुलिखेलसम्म ९ कि.मी. राजमार्जमा निर्माण गर्न लागिएको २६ वटा बस बिसौनिको लागि साँगाबाट निर्माण शुभारम्भ गरीएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरको सहयोगमा प्राप्त भएको प्लाष्टिकको सडक डिभाईडर बनेपा चारदोबाटो देखि अरनिको बस स्टप सम्म जडान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।









