काभ्रे/जिल्ला बजार अनुगमन समितीद्वारा बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडबाडका समयमा मात्र बजार अनुगमन गर्ने गरिएको आरोप लाग्दै आएको समितिलाई अहिले त्यसलाई मध्यनजर बजार अनुगमनलाई तिब्रता दिएको हो ।
बजार अनुगमन समितीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनारको नेतृत्वमा अनुगमन गरिएको थियो । समितीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुश्मा, बनेपा नगरपालिकाका प्रशासकिय अधिकृत धुब्रराज नेपाल, ईलाका प्रहरी बनेपा, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । समितीले बनेपामा रहेका खाद्यान्न पसल, डेरी, तरकारी बजार, मिनिमार्ट, लगायतका पसलहरु अनुगमन गरी म्याद सकिएका सामानहरु जफत गरेको थियो । बजार अनुगमनलाई तिब्रता दिने संयोजक अमर दिप सुनारले जानकारी दिनुभयो ।









