विकु नारायण ताम्राकार÷पनौती
लायन्स क्लब अन्तराष्टिय डिष्टिक 325 A2 नेपाल अन्तर्गत लायन्स क्लब अफ पनौती तथा लियो क्लब अफ पनौतीको छैटौं वार्षिक साधारण सभा क्लबका अध्यक्ष लायन विवेक भट्टराईको सभापतित्वमा सम्पन्न भएको छ । सभाबाट आगामी लायन वर्ष २०२२/०२३ को लागि नयाँ कार्य समिति निर्वाचन मार्फत चयन गरी सम्पन्न भयो ।
कार्यक्रममा लायन्स क्लब अफ पनौतीको तर्फबाट अध्यक्ष लायन मोहन विक्रम के.सी प्रथम उपाध्यक्ष लायन राजेन्द्र पसछें द्धितिय उपाध्यक्ष लायन हरिशरण कार्की, तृतिया उपाध्यक्ष रमेश राजलवट, सचिव सिद्धि नारायण मानन्धर, कोषाध्यक्ष अच्युत सापकोटा तथा लियो क्लब अफ पनौतीका तर्फबाट अध्यक्ष रविन्द्र कर्माचार्य प्रथम उपाध्यक्ष सुजन रघु श्रेष्ठ, तृतिय उपाध्यक्ष अभिषेक चौहान लगाएत रहनु भएको छ । उक्त निर्वाचित समितिलाई पूर्व अध्यक्ष लायन राजेश कुमार श्रेष्ठ तथा निर्वाचन अधिकृत लायन अरुण कर्माचार्य लगायतले शुभकामना राख्नु भएको थियो ।









