2026 April 25/ 06:12: 29am

बनेपा/आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १३ औं वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरेको छ । 
संस्थाको मुख्य कार्यालय परिसर बनेपा चारदोबाटोमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गर्नुभएको छ । विगतका वर्षहरुझैं संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दे आइरहेकोमा यसवर्ष रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज घोरासाइनेले जानकारी दिनुभयो । 
कार्यक्रममा संस्थाका अध्यक्ष नवराज घोरासाइने, सचिव डम्बर बहादुर लम्साल, कोषाध्यक्ष सुनिल चौलागाँई लगायतका विभिन्न समिति तथा उप समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु लगायत अन्य ब्यक्तिहरुको समेत सहभागीता रहेको थियो । खुल््ला रक्तदान कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले प्राविधिक सहयोग गरेको थियो । खुल्ला रक्तदान गर्नुहुने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मानित गरेको प्रबन्धक सबिना पन्तले जानकारी दिनु भयो ।