बनेपा/नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको २६ औं जिल्ला अधिबेशन शाखाका सभापति अशोक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
अधिबेशनबाट अशोककुमार श्रेष्ठ सभापति हरिभक्त भोछिभोया उपसभापति, ग्रोवेन तौजले उपसभापती टीकाभक्त भोछिभोया सचिव, सिद्धिबहादुर कर्माचार्य सहसचिव, सत्यनारायण श्रेष्ठ कोषाध्यक्ष, सुश्री रामप्यारी श्रेष्ठ सह कोषाध्यक्ष र सदस्यहरुमा हरिशरण श्रेष्ठ, नवराज मानन्धर निर्मला कायष्ठ महेन्द्र जोशी कमला कर्माचार्य र सर्वश्री अधिकारी निर्वाचित हुनुभएको छ । अधिबेशनमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको विधान २०४५ (संशोधन २०७६ सहित) परिच्छेद–४, धारा ४.२ उपधारा (घ) बमोजिम सरिता शाक्य बि ठ्ठल सिकु श्रेष्ठ र रुवेन खड्का त्रयलाई मनोनित गरिएको जनाएको छ ।
कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, काभ्रे शाखाको २६ औं जिल्ला अधिबेशन तथा जिल्ला सभाको समिक्षा, नियमित संचालन गर्दै आएको हर्ट क्लिनिक संचालन बारे, संस्थाको खाता संचालन गर्दै आएको र अधिबेशनका उपलक्षमा धड्कन पुस्तिकाको बिमोचन गरिएको सभापति अशोक श्रेष्ठले बताउनु भयो ।









