पनौती/काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेगको शैक्षिक धरोहर इन्द्रे्रश्वर क्याम्पस पनौतीले शैक्षिक सत्र २०७९ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत, शैक्षिक सत्र उत्तिर्ण विद्यार्थीहरुलाई बिदाई, नयाँ शैक्षिक भित्ते पात्रो लोकार्पण तथा नयाँवर्ष २०७९ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न गरेको छ । इन्द्रेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेश कुमार श्रेष्ठ, कोषाध्यक्ष भिमसेन बस्नेत, सदस्यहरु केशव थापा,नव आगन्तुक विद्यार्थी सरिता थापा लगायतले उच्च शिक्षाको मर्यादा तथा क्याम्पसका गतिबिधिका बारेमा मन्तब्य राख्नु भएको थियो । शैक्षिक सत्र २०७९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई क्याम्पस प्रमुख श्रीकुमार सुवाल र सञ्चालक समिति अध्यक्ष तुयुकाजी ताम्राकारले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस पब्लिकक्याम्पस प्राध्यापक संघले क्याम्पस प्रमुख श्रीकुमार सुवाल र सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यलाई कदर पत्र सहित सम्मान गरेको थियो । विद्यार्थीहरुको वृत्ति विकासको लागि न्युनतम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्न इन्द्रेश्वर क्याम्पस प्रतिवद्ध रहेको र विद्यार्थीहरुको शैक्षिक तथा व्यवहारिक ज्ञान प्रदान गरि दक्ष र सक्षम नागरिक बनाउन उद्देश्य रहेको क्याम्पस प्रमुख श्रीकुमार सुवालले बताउनु भयो ।









