2026 April 25/ 06:12: 28am

    बनेपा/नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको ३९ औ वार्षिक साधारण सभा संघका केन्द्रिय सदस्य ईन्द्रलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी श्रेष्ठले स्थानीय सरकार आएपछि परिवार नियोजनका कार्यक्रमहरु कटौती हुदै गएकाले स्थानीय सरकार सँग समन्वय गरी कार्यक्रमहरुलाई अगाडि बढाउनु पर्ने बताउनु भयो । संघले दिदै आएका विभिन्न सेवाहरुलाई थप प्रभाकारी बनाई दुर दराज क्षेत्रमा सेवा पु¥याउनु पर्ने र स्थानीय सरकार सँग समन्वय गर्नेु पर्ने बताउनु भयो । स्थानीय सरकारले दिने सेवा र सघंले दिने सेवामा डुव्लिकेशन नगराई बढी भन्दा बढीले सेवा पाउनु पर्ने श्रेष्ठको भनाई रहेको थियो । कार्यक्रममा सघंको बार्षिक प्रतिबेदन सचिब बद्रीबहादुर खत्रीले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष प्रकाश कायस्थले सभामा प्रस्तुत गर्नु भएको थियो । संघले सन् २०२१ मा जिल्लामा रहेका सामुदायीक तथा सस्थागत बिद्यालयमा यौनिकता शिक्षा तथा चेतनामुलक कार्यक्रम, युवा तथा किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका बारेमा, लान्छाना तथा विभेद रहित सुरक्षित गर्भपतन सेवामा चेतना मुलक कार्यक्रमहरु गर्दै आएको सभापति शुभराज जोशीले बताउनु भयो । सघंका बरिष्ठ शाखा प्रबन्धक रमेश श्रेष्ठले गाईनोलोजी २२ हजार ९ सय ५५, कर्नेटेभि १९ हजार ४ सय २३, एच आई भि एड्स ११ हजार ४ सय ८१, सुरक्षित गर्भपतन सेवा २ सय ९, जनालाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको बताउनु भयो । नगरपालिका तथा गाँउपालिकाको समन्वयमा घुम्ती शिबिर गरी समुदायमा एकिकृत यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्दै आएको श्रेष्ठले बताउनु भयो । 
    कार्यक्रममा सल्लाहकार देबेन्द्र भैल, संचालक सदस्य लम्बोदर कायस्थ, पत्तञ्जली योग समिती काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश न्यौपाने, मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप केसी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।