बनेपा/बनेपा हिकारी किन्डर गार्डेनको १८ औ दिक्षान्त समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मणिक तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल शर्मिला केसीले स्वागत मन्तब्य राख्नु भएको थियो । जिल्लाकै पहिलो किन्डर गार्टेन विद्यालयले जापनीज प्रविधि मार्फत शिक्षा प्रदान गर्दैे आएको थापाले बताउनु भयो । बालबालिकाहरुलाई ब्यबहारीक, जिवन उपयोगी र संस्कार युक्त शिक्षा प्रदान गरिएको र गार्डेनबाट अन्य विद्यालयमा जाँदा समेत अनुशासित, लगनशिल विद्यार्थी हुने केसीले बताउनु भयो । किन्डर गार्डेन भनेको बालबालिकाहरुको दोस्रो घर भएकाले सोहि अनुसारको ब्यबहारीक शिक्षा दिनु पर्ने प्रिन्सिपल केसीले बताउनु भयो । विद्यालयले अहिले सम्म ४ सय भन्दा बढी विद्यार्थीहरुलाई दिक्षित गरिएको प्रिन्सिपल शर्मिला केसीले बताउनु भयो ।
कार्यक्रममा अभिभावक डा.श्रीकृष्ण श्रेष्ठ र बिना राउतले विद्यालयको सिकाई र ब्यबहारिक राम्रो लागेको बताउनु भयो । ‘बालबालिकालाई पहिला दिने भनेकै सँस्कार रहेछ त्यो जुन हामीले हिकारी किण्डर गार्टनेमा पायौ’– अभिभावकले भन्नु भयो ।









