बनेपा/डिस्कभरी मन्टेश्वरी विद्यालयको दीक्षान्त समारोह विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आत्माराम थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
थापाले स–साना बालबालिकाहरुलाई मन्टेश्वरी तालिम प्राप्त शिक्षक शिक्षिकाहरु अध्यापन दिदै आएको बताउनु भयो । स–साना बालबालिकाहरुलाई हामीले जस्तो शिक्षा, संस्कार सिकाउँदछौ त्यहि सिक्ने भएकाले राम्रो संस्कार दिनु पर्ने बताउनु भयो । हामीले शिक्षा सँगै संस्कार, ब्यबहारीक ज्ञान दिन सबै अभिभावकहरुलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रिमु खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो । प्रिन्सिपल खड्काले विद्यालयमा ८५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका र मन्टेश्वरी प्रविधि मार्फत बाल बालिकाहरुलाई उनीहरुको चाहाना अनुसार ब्यबहारीक शिक्षा प्रदान गरेको बताउनु भयो । कोरोनाका कारण तीन वर्ष देखी रोकिएको दीक्षान्त यस बर्ष एकै पटक गरिएको खड्काले बताउनु भयो । कार्यक्रममा चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, सञ्चालक सदस्य शुसिल थापा, प्रभुराम थापा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स साना नानि बाबुहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।









