धुलिखेल/निर्माण व्यवसायी संघ काभ्रेको बाह्रौं साधारण सभा एवं सातौ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पदभार गर्नु भएको छ ।
अधिबेशनबाट अध्यक्षमा विजय लामा, वरिष्ठ उपाध्यक्षमा अनिष बल, प्रथम उपाध्यक्षमा लनम दोङ, द्वितीय उपाध्यक्षमा अकुर गौतम, महासचिवमा अमित लामा, सचिवमा प्रदिप गौतम, कोषाध्यक्षमा विष्णुहरी जोशी, सह–कोषाध्यक्षमा प्रताप लामा तथा सदस्यहरुमा देवराज लामा, कृष्ण लामा, हिराकुमार बल, दमैसिं लामा(डिएस), सञ्जय लामा, सुवास लामा, झलक लामा, पाल्देन लामा, प्रेमबहादुर वाईवा, सन्तोष दोङ, कान्छी गुरुङ, अमृत गौतम, रोशन तिमल्सिना, रविन गौतम र राजेन्द्र गौतम निर्वाचित हुनु भएको थियो । निर्वाचन अधिकृत हरिशरण दाहालले शपथ तथा कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेशका पुर्व मन्त्री तथा सांसद चन्द्र लामाले प्रमाण पत्र वितरण गर्नु भएको थियो । प्रमुख अतिथी लामाले निर्माण ब्यबसायीहरलाई लाग्दै आएको आरोप नयाँ निर्वाचित कार्यसमितीले मेटाउने विश्वास ब्यक्त गर्नु भयो । समयमा काम नसक्ने, गुणस्तरीय काम नगर्ने जस्ता आरोप पटक पटक लाग्ने गरेकाले सरकारका कारणले नै निर्माणका काम ढिला हुने हुँदा सबै जनताले थाहा पाउनु पर्ने सांसद् लामाले बताउनु भयो । अहिले एकाध बाहेक सबै निर्माण ब्यबसायीले समय भन्दा अगाडि नै काम सम्पन्न गरी पुरस्कृत हुदै गएको बताउनु भयो । कार्यक्रममा निर्माण ब्यबसायी संघका केन्द्रिय सदस्य उपेन्द्र घिसिङ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।









