2026 April 25/ 04:21: 01am

    धुलिखेल/धुलिखेल नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागि एक दिने घुम्ती शिविर आयोजना गरेको छ । अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्रको सहयोगमा धुलिखेल नगरपालिकाले सबै खालका अपाङ्गता भएका ब्यक्तिहरुलाई शिविरमा सहभागि गराएको थियो । 
    शिविरमा सहभागिहरुलाई अवस्था हेरेर आवश्यक सामाग्री उपलब्ध गराईएको नगरपालिका अधिकृत पुजा काफ्लेले जानकारी दिनुभयो । उपप्रमुख विमला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागि विभिन्न समयमा शिविर तथा उपचार, सामाग्री उपलब्ध गराउँदै परिषद मार्फत सिप सिकाउँदै आयआर्जन गराईएको उपप्रमुुख शर्माले भन्नुभयो । कार्यक्रममा उप सचिव माधव शर्मा, वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जु, विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकाल, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी लगायतको सहभागिता रहेको थियो । शिविरमा सहभागिहरुलाई औषधी निशुल्क उपलब्ध गराईएको थियो भने ह्विलचियर, वाकर लगायतका सामान उपलब्ध गराईएको थियो भने कृत्रिम जुत्ता र सामानको अर्डर लिईएको थियो । 
शिविरमा महिला २२ र पुरुष १८ गरी ४० जना नागरिकहरुले सेवा लिएका थिए । औषधि वितरण ३६ जनालाई, ज्च्म्ऋ मा थप उपचारको लागि ४ जना, बिएण्डबी हस्पिटलमा १ जना रिफर, ३ जनालाई वैशाखी वितरण, २ जनालाई ह्विलचेयर वितरण, १ जनालाई वाकर वितरण गरिएको थियो भने ४० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो । त्यसैगरी १ जना बालकलाई कृतिम जुत्ताको लागि नापजाँच र १ जनालाई ज्च्म्ऋ मा अप्रेसनको लागि बोलाइएको थियो ।