2026 April 25/ 04:21: 02am

    धुलिखेल/धुलिखेल नगरपालिका भित्र कृषि सुधारका लागि क्षमता अभिबृद्धी सम्वन्धी दिईएको तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । दुई चरणमा दिईएको तालिमका सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको हो । 
    नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले कृषिलाई ब्यवासायीकरण गर्न नगरपालिकाले विभिन संघ संस्थासँगको साझेदारीता गरिरहेको बताउनु भयो । उपप्रमुख विमला शर्माले नगरपालिकाले नगरबासिहरुलाई ब्यवसायीक बनाउन विभिन्न योजनाहरु संचालन भएको बताउनु भयो । आईडिआई नेपालका कन्ट्री डाईरेक्टर रोशन घिमिरेले कृषिमा उन्नत प्रविधिको जरुरी रहेको बताउनु भयो । ब्यवासायी ज्योत्सना सैजुले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका पदाधिकारीहरु, याङ्गकीला शेर्पा लगायतले कृषि रणनीति र आत्मनिर्भर मुलुक निर्माणका लागि कृषिका योजनाहरुमा स्थानीय सरकारको भूमिकाका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।