2026 April 25/ 04:21: 02am

बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले मर्यादित व्यवसाय र प्रविधिमा सहकार्य भन्ने नाराको साथ ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थाले विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।
 सहकारी दिवसको सन्दर्भमा धुलिखेलमा मनाईने १२ वर्षे हरिसिद्धि जात्राको अवसरमा चैत्र १९ र २० गते संस्थाले बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क खानेपानी एवं मास्क वितरण तथा सुगर (मधुमेह) र ब्लड प्रेसर जाँच शिविर सम्पन्न गरेको थियो । जसमा २ सय ५५ जनाले परीक्षण गराई स्वास्थ लाभ लिनु भएको थियो । त्यस गरी चैत्र २० गते संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व वहन अन्तर्गत धार्मिक तथा साँस्कृतिक महत्वका केहि मठ–मन्दिरहरुमा फोहोर ब्यवस्थापनको लागि कुहिने तथा नकुहिने फोहोरको लागि छुट्टा छुट्टै डस्टविन २ थान र १ थान स्ट्याण्ड सहितको डस्टविन १÷१ सेट सम्बन्धित मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको प्रमुख ब्यबस्थापक विबेकराज ठकुरीले बताउनु भयो । धुलिखेलको गौखुरेश्वर मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर तथा नैमिषारण्य संस्कृत गुरुकुल र नालाको उग्रचण्डी, करुणामय, मनकामना र शुभचामुण्डा मन्दिरहरुमा डस्टबिन सेट वितरण गरिएको थियो । 
संस्थाको मुख्य कार्यालयमा सहकारी दिवसकै अवसरमा सदस्य सम्मान तथा दिपावली कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाको २३ औं वार्षिकोत्सव कार्यक्रमबाट घोषित विभिन्न विधामा उत्कृष्ट हुन सफल सदस्यहरु तथा कर्मचारीहरुलाई नगद, दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरिएको थियो । संस्थाबाट आयोजित रक्तदान कार्यक्रममा ५, १० र १५ पटक रक्तदान गर्नुहुने रक्तदाताहरु र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहकार्य गर्ने बनेपा हेल्थ केयरलाई सम्मान गरिएको प्रमुख ब्यबस्थापक ठकुरीले बताउनु भयो ।