बनेपा/काभ्रे तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रही राष्ट्रिय स्तरमा सर्वोेत्कृष्ट सहकारी व्यवसाय पुरस्कार तथा अन्तर्राष्ट्रिय स्तरमा ACCESS Silver Brand, CUMI Award एव CU Executive Award प्राप्त गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेले विभिन्न कार्यक्रम गरी ६५ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।
स्थापना दिवसका आवसरमा संस्थाका सम्पूर्ण कार्यालयहरुमा दिपावली सहित सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाको सेवा कार्यालय बनेपाले सागाँमा कम्युनिटी वेलनेस सेन्टर प्रा.लि., स्रुप्रिम डेन्टल केयर प्रा.लि. र रुवी आई केयर एण्ड अप्टिकलको प्राविधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शिबिरमा आँखा परीक्षण, दन्त परीक्षण, फिजियोथेरापी परामर्श एवं मधुमेह परीक्षण बनेपा नगरपालिका वडा नंं . १४ साँगामा सम्पन्न गरेको छ । शिविरबाट २०३ जना लाभान्वित भएका थिए भने पाँचखाल सेवा कार्यालयले पाँचखाल नगरपालिका अन्र्तगत वालुवाको आजाद माविमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा १०७ जना दाँतका विरामीले दाँतको परीक्षण गराएका थिए । त्यस्तै ढुंखर्क सेवा कार्यालयले बेथानचोक–५ स्थित आत्म विकास मावि, च्याल्टीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५४ जना विद्यार्थीहरुको सहभागिता रहेका थियो ।
६५ औं स्थापना दिवसको पूर्व सन्ध्यामा भकुण्डे सेवा कार्यालयले नमोबुद्ध ५ कानपुरमा सदस्य विस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम समेत सम्पन्न गरेको थियो भने ढुखर्क सेवा कार्यालयले २१ गते बेथानचोक ६ मेदाम्सुमा सदस्य विस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङ्तानले बताउनु भयो ।
६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न संघ एवं स्थानीय निकायले आयोजना गरेको ¥याली, गोष्ठी एवं अन्तत्र्रिmया कार्यक्रममा समेत संस्थाको सक्रिय सहभागिता रहेको थियो । उक्त अवसरमा पनौती नगरपालिकाद्वारा आयोजित ¥याली तथा सम्मान कार्यक्रममा सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा उल्लेख्य योगदान पु¥याए वापत संस्थाका संस्थापक अध्यक्ष भरत प्रसाद शर्माले सम्मान पत्र समेत प्राप्त गर्नुभएको थियो ।









