2026 April 25/ 05:44: 36am

    रोशी/रोशी गाउँपालिकाले एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर उत्पादन प्रोत्साहन रकम वितरण गरेको छ । पालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर उत्पादन गर्ने नीति अनुसार उक्त रकम वितरण गरिएको हो । 
    गाउँपालिका अध्यक्ष डि.वि. लामाले अधिकृत तर्फ रोशी १० का गरिमा जिम्बालाई नगद रु २५हजार र रोशी ९ का प्रेरणा क्याप्छाकी मगरलाई पनि २५०० र इन्जिनियर तर्फ रोशी ६ का नरेश लामालाई नगद रु ५० हजार प्रोत्साहन स्वरुप प्रदान गरेको बताउनुभयो ।  पालिकाले सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहँच पु¥याउन उक्त योजना अगाडी सारेको थियो । पालिकाले छनौटका लागि निश्चित मापदण्ड बनाएको थियो । प्रमुख प्रशासकिय अधिकृृत राम बहादुर तामाङका अनुसार शाखा अधिकृतका लागि फारम भरेको प्रवेश पत्रको प्रतिलिपि, शाखा अधिकृतको प्रारम्भिक परीक्षा उतिर्ण गरेको नतिजाको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाबाट विपन्न सिफारिस मागिएको थियो । त्यस्तै एक गाउँ एक इन्जिनियर तर्फ इन्जिनियरिङ विषयमा प्रविणता पत्र उत्तिर्ण गरेको, सामुदायिक क्याम्पसबाट स्नातक इन्जिनियरिङ भर्ना गरको प्रमाणपत्रको प्रतिलिपि लगायतका आधारमा छनौट गरी प्रोत्साहन स्वरुप उक्त रकम वितरण गरिएको बताउनुभयो । गत वर्षमा एक गाउँ एक अधिकृत तर्फ रोशी १२ का विजय मोक्तानलाई वितरण गरिएकोमा हाल शाखा अधिकृत पदमा नियुक्त भई सेवा प्रदान गरिएको बताउनुभयो ।