बनेपा/बनेपा हिकारी किन्डर गार्टेनको १९ औ अभिभावक दिवस विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष मणिक तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको छ ।
कोरोनाका कारण विगतका वर्षहरुमा हुन नसेकेको अभिभावक दिबस कोरना सहज भए सगै शुरु भएको तुम्रोकले बताउनु भयो । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल शर्मिला थापाले कोरनाका कारण बालबालिकाहरुलाई असर पुगेको बताउनु भयो । जिल्लाकै पहिलो किन्डर गार्टेन विद्यालयले जापनिज प्रविधि मार्फत शिक्षा प्रदान गर्दे आएको थापाले बताउनु भयो । बालबालिकाहरुलाई ब्यबहारीक, जिवनउपयोगी र संस्कार युक्त शिक्षा प्रदान गरिएको यस गार्डेन बाट अन्य विद्यालयमा जाँदा समेत अनुशासित, लगनशिल विद्यार्थी हुने थापाले बताउनु भयो । किन्डर गार्टेन भनेको बालबालिकाहरुको दोस्रो घर भएकाले सोहि अनुसारको ब्यबहारीक शिक्षा दिनु पर्ने प्रिन्सिपल थापाले बताउनु भयो । कार्यक्रममा विद्यालयले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा स साना बालबालिका हरुले आफ्नो क्षमता कला प्रर्दशन गरेका थिए ।









