धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ४ को २८ किलोमा मुख्य कार्यलय रहेको अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि. छैठौ वर्षमा प्रबेश गरेको छ ।
कार्यक्रम संस्थाका जेष्ठ सदस्य फणिन्द्र राज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव जयराम कुइँकेलले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कमलबहादुर रायले स्वागत मन्तब्य राख्नु भएको थियो भने शुभकामना मन्तब्य वाग्मती प्रदेश संघका संचालक समिति सदस्य कृष्णप्रसाद तिमिल्सिना, जिल्ला सहकारी संघका संचालक समिति सदस्य बाल कृष्ण दाहाल लगाएतले राख्नु भएको थियो ।
कार्यक्रममा संस्थामा २ हजार ५ सय शेयर सदस्य, शेयर पुँजि, रु. २ करोड ८२ लाख ३७ हजार, निक्षेप संकलन २५ करोड ५८ लाख रु. ऋण लगानी २३ करोड ४०लाख र वासलात रु. ३० करोड रहेको जानकारी गराईएको थियो । संस्थाले उक्त अवसरमा संस्थामा आबद्ध ७० बर्ष उमेर पुगेका ४१ जना जेष्ठ सदस्यहरुलाई खादा ओढाई थर्मस, भित्ते घडी र कप दिई सम्मान गरेको थियो भने बाल बचत कर्ता तथा सदस्यका एकाघर परिवारका सदस्यहरुले आ.व. २०७७÷०७८ मा १२ कक्षा उतिर्ण हुनेलाई सम्मान गरेको थियो ।
कार्यक्रममा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिबिरमा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा रक्तदान २९ जना, मधुमेह (सुगर) र रक्तचाप (ब्लड प्रेशर) ८४ जानले परीक्षण गराउनु भएको थियो भने महिलाहरुमा हुने पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि परामर्श १०० जनाले लिनु भएको थियो । संस्थाको बार्षिक कार्ययोजना अनुरुप संचालित सदस्य दुर्घटना बिमा अन्तर्गत शेयर सदस्य अर्जुन थापाको दुर्घटना परि मृत्यु भएकोमा प्राप्त बिमा रकम रु. १, लाख मृतक सदस्यका परिवारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष दिपकप्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।









