पनौती/सामुदायिक बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ बर्ष पूरा गरेको सु–अवसरमा रजत जयन्ती समारोह सम्पन्न गरेको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न ऊक्त कार्यक्रममा रजत जयन्ती बिशेष समारोहमा विद्यालयद्वारा प्रकाशित रजत जयन्ती बिशेष “हिमकुन्ज“ स्मारिका बिमोचन गरिएको थियो ।
प्रमुख अतिथी न्यौपानेले सामुदायीक विद्यालय भन्दा निजी विद्यालयको शिक्षामा गुणस्तरीयता देखीएकाले सामुदायीक विद्यालयमा समेत शिक्षामा सुधार गर्नु पर्ने बताउनु भयो । विद्यार्थि सख्या भन्दा गुणस्तरीइतामा ध्यान दिई ब्यबहारीक शिक्षा प्रदान गर्न आग्रह गर्नु भएको थियो । नगरपालिकाले प्रबिधि र ब्यबहारीक शिक्षा प्रदान गरी आत्मनिर्भर हुने र रेजगारी मुलक शिक्षा प्रदानका लागी काम गर्दे आएको प्रमुख न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा विद्यालय स्थापना गर्ने १४ जना संस्थापकहरुलाई सम्मान गरेको थियो भने विद्यालयका पुर्व शिक्षक एवं सहकारिकर्मी डा. शिवजी सापकोटालाई अमेरिकाको ब्क्ष्ग् बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्न सफल हुनुभएकोमा सम्मान गरीएको थियो । कार्यक्रममा प्याब्सन केन्द्रिय कार्य समितिका उपमहासचिव भिमसेन के.सि., कालिजङ गण धुलिखेलका मेजर राजेश कार्की, वडा अध्यक्षहरु बुद्ध सिंह थापा , केशब बन्जारा, पनौती नगरपालिका कार्यपालिका सदस्य केवल रम्तेल, वडा सदस्यहरु नकुल श्रेष्ठ सबिता थापा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा, प्याब्सन काभ्रेका कोषाध्यक्ष बसन्तराज नेपाल, प्याब्सन पनौती अध्यक्ष बिमल न्यौपाने, निस्ट कलेज बनेपाका प्राचार्य महेन्द्र थापा, अरुणोदय आ.मा.बि.का प्रिन्सिपल बिष्णु दाहाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा रजत महोत्सव सगै पुरस्कार बितरण, क्भ्भ् सम्मान तथा बिदाई कार्यक्रम र अन्य अतिरिक्त क्रियाकलापहरु समेत सन्चालन गरिएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रीन्सिपल पुर्णकुमार श्रेष्ठले र स्वागत मन्तब्य विद्यालयका प्रबन्ध निर्देशक ओमकृष्ण श्रेष्ठले राख्नु भएको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम संचालन एकेडमिक इन्चार्ज प्रविण दाहालले गर्नुभएको थियो ।









