पनौती/सिन्धु विकास बैंक लिमिटेड पनौती शाखाको आयोजनामा गत शुक्रबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित उक्त बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सहज रुपमा सेवा प्रदान गर्दै आईरहेको छ ।
रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी लगायतको उपस्थिती रहेको थियो । खल्ुला रक्तदान कार्यक्रममा पनौती नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब ८७ जनाले रक्तदान गर्नु भएको थियो ।
बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, क्ऋत् डेबिट कार्ड, क्ःक् द्यबलपष्लन, त्तच् ऋयमभ, ऋ–ब्क्द्यब् लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।









