धुलिखेल/धुलिखेल नगरपालिका पशु पंक्षी विकास शाखाको आयोजनामा एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संम्वनयमा पशु स्वास्थ्य शिविर धुलिखेल नगरपालिका वडा नं २ रविको देउरालीमा सम्पन्न भएको छ ।
शिबिरमा ३ सय ९४ नमुना गोबर परिक्षण, गाई भैंसी ६८३, बाख्रामा १८४ , नाम्ले जुकाविरुद्ध को औषधि वितरण गरिएको पशु पन्क्षी विकास स्वास्थ्य शाखा प्रमुख पुरुषोतम हुमागाईले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी शर्माले नगरपालिकाले भौतिक विकास सगै कृषि क्षेत्रमा समेत काम गर्दे आएको बताउनु भयो । कृषकहरुको घर घर मै पुगी अन्नबाली, पशुपन्छीहरुको उपचार गर्दे आएको शर्माले बताउनु भयो । नगरपालिकाले गाई भैसी तथा बाख्रामा लाग्ने विभिन्न रोगहरुको सबै वडामा पुगी सेवा दिएको बताउनु भयो । कार्यक्रममा वागमती दुध विकास र्वोडका उपाध्यक्ष टिका वल्धब सापकोटा, धुलिखेल नरपालिका वडा नम्बर २ का वडा अध्यक्ष देव प्रसाद कोईराला, सेति दुग्ध उत्पालक सहकारी संस्थालिका अध्यक्ष चर्तुभज तिमल्सिना भेटेरीनरी अस्पतालका डा. नितेष कार्कि, अस्पतालका उद्धब प्रसाद सापकोटा,डा मृत कुमार देउजा लगाएतको सहभागिता रहेको थियो ।









