2026 April 25/ 04:21: 10am

    बनेपा/सवा नेपाल बनेपाले नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय महिला उद्यमी समितिमा निर्वाचित अध्यक्ष रोशनी उपाध्याय, केन्द्रयि कोषाध्यक्ष मिना तामाङ, सदस्य सिद्धिबहादुर जोशीलाई सम्मान गरेको छ । सविधान सभा सदस्य शिला कतिलाले निर्वाचित पदाधिकारीलाई सम्मान गर्नु भएको थियो ।
    प्रमुख अतिथी शिला कतिलाले महिलाहरुले निरन्तर आय आर्जन हुने खालका उद्यम गर्न अनुरोध गर्नु भयो । केन्द्र प्रमुख लक्ष्मी भालु श्रेष्ठले निर्वाचित पदाधिकारीहरुले जिल्लामा रहेका महिला उद्यमीहरुलाई संरक्षण, सम्वद्र्धन र प्रर्वद्धन गर्न अनुरोध गर्नु भयो । केन्द्रीय अध्यक्ष रोशनी उपाध्यायले महिला उद्यमीहरुलाई परेका नीतिगत तथा कानुनी समस्या समाधानमा संघ केन्द्रीत हुने बताउनु भयो । कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मिना तामाङ, सदस्य सिद्धिबहादुर जोशी, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।