धुलिखेल/नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को छैटौ जिल्ला सम्मेलन धुलिखेलमा सम्पन्न भएको छ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिबेशन अघि १३ वटा पालिकाबाट कमिटीका महिलाहरु प्रर्दशन सहित सहभागि भएका थिए । गण्डकी प्रदेश सरकारका पूर्व प्रदेश प्रमुख एवं नेकपा एमाले स्थायी कमिटी सदस्य सिता पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिलाहरुले आगामी निर्वाचनमा महिलाहरुलाई प्रमुख पदमा उम्मेदवारी दिन दललाई खवरदारी गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला अध्यक्ष कमला काफ्लेले महिलाहरुको शसक्तिकरण, सिप विकास र क्षमता अभिबृद्धी पहिलो कार्यभार भएको बताउनु भयो । अधिबेशनको बन्द सत्रले विमला सापकोटाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको पहिलो बैठकले उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी चयन गर्नेछ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी दुर्गा पौड्यालले महिलाहरुले सविधानमा ब्यवस्था गरेको अधिकार मात्रै नभई समानताका बारेमा निरन्त कृयाशिल हुनु पर्ने बताउनु भयो । अधिकार लिन आफु सक्षम हुनु पर्ने बताउँदै स्थायी कमिटी सदस्य दुर्गा पौडेलले आगामी निर्वाचनमा एमालेले लिएका नीति तथा कार्यक्रम मार्फत पहिलो पार्टी बनाउन महिलाहरुलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य शिला कतिला, पोलिटब्युरो सदस्य शुशिला नेपाल, अनेमसंघ केन्द्रीय उपाध्यक्ष एवं एमाले केन्द्रीय सदस्य अस्मिता राना मगर, केन्द्रीय सदस्य एवं बागमती प्रदेश समिति सचिव सरस्वती बस्नेत, केन्द्रीय सदस्य रेशम लामा, प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, प्रदेश सांसद गोमा भुर्तेल, अनेमसंघ नेता अम्बुभवानी कार्की लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पवित्रा भुर्तेलले संचालन गर्नु भएको थियो ।









