बनेप/बनेपा नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गरेका १८ बर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाइ बनेपा नगरपालिकाको सहयोगमा निःशुल्क उपचार गर्ने भएको छ ।
बनेपा नगरपालिका ११ मा रहेको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रसँग साझेदारी कार्यक्रम संचालन गर्न सम्झौता भएको छ । नगर प्रमुख लक्ष्मी नरसिं बादेको रोहबरमा बनेपा नगरपालिकाको तर्फ बाट प्रमखु प्रशासकिय अधिकृत कबिराज उप्रेतीले र अस्पतालको तर्फबाट प्रकाश यादबले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । नगर प्रमुख वादेले नगरबासीहरुको सेवामा निरन्तर लागी रहेको र यसले थप नगरबासीलाई सहयोग पुग्ने बताउनु भयो । विगत ३ वर्ष अघिदेखी रेयुकाई आखाँ अस्पतला सगं सम्झौता गरी नगरबासीहरुको निशुल्क आखाँको उपचार गर्दे आएको, एनएनसिटी आर सँग समन्वय गरी महिलाहरुको निशुल्क पाठेघरको उपचार गर्दै आएको बादेले बताउनु भयो । अहिले अपाङ्ग बाल अस्पताल सगं सम्झौता गरी नगरपालिक भित्र स्थाई बसोबास गर्ने अपाङ्ग बालबालिकाहरुको निशुल्क उपचार गर्ने बताउनु भयो । आर्थिक अभावमा उपचारबाट नगरबासीहरु बञ्चीत हुन नपरोस भन्नका लागी नगरले काम गरेको बताउनु भयो ।









