2026 April 25/ 04:06: 47am

बनेपा/धुलिखेल नगरपालिका वडा नं ११ का नेपाली काङ्ग्रेस क्षेत्र नं १ “ख“ बाट सहसचिव पदमा निर्वाचित विनोद प्रसाद तिवारीले ठगि गरेको भनी भुपेन्द्र भारतीले लेनदेन ठगि मुद्दा दर्ता गर्नु भएको छ ।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती नगरपालिका वडा नं १ का भुपिन्द्र भारतीलाई विभिन्न प्रवोलनमा पारी नगद लिएको तीन बर्ष भईसक्दा पनि पैसा फिर्ता नगरेकाले  जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेको बताउनु  भएको छ ।
  भारतीले नजिकैको घनिष्ठ चिनजानको आधारमा पैसा लेनदेन भयो तर पैसा फिर्ता नदिएकाले मुद्दा हाल्नु बाध्य भएका भारतीले बताउनु भयो । भारतीले  १५ लाख ४४ हजार रुपैयाँ विनोद तिवारी लाई ३ वर्ष अघि नगद दिएको बताउनु भयो ।