2026 April 25/ 04:08: 05am

बनेपा/पंतजली योग समिति बनेपा नगर समितिको पूर्नगठन कार्य समितिको पदस्थापन सम्पन्न भएको छ ।      पदस्थापन कार्यक्रमको उद्घाटन बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले गर्नु भएको थियो  ।
 कार्यक्रममा प्रमुख तौजलेले नवगठित समितिले बनेपा नगरको १४ वटा वडामा नै योग जागरण अभियान शुरु गरी स्वामी रामदेवको र आचार्य स्वामी बालकृष्णको सदिच्छा पूरा गरी बनेपा नगर र काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा पंतजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, प्रदेश सल्लाहकार सरिता शाक्य, महिला निर्वतमान अध्यक्ष अञ्जना श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ नवनिर्वाचित नगर समितिको अध्यक्ष मनिषा बडाल र हिमानी श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको थियो भने सञ्चालन  महिला समितिका महामन्त्री कमला राजभण्डारीले गर्नु भएको थियो ।
बनेपा नगर समितिको नव निर्वाचित पदाधिकारी तथा कार्य समितिमा संयोजक मनिषा बडाल, सह–संयोजकमा सुवासना श्रेष्ठ, महामन्त्री हिमानी श्रेष्ठ, संगठन मंन्त्री यमुना तिमल्सिना, कोषाध्यक्ष सुविदास श्रेष्ठ, मन्त्री प्रल्हाद बस्नेत, सदस्यहरुमा मन्दिरा भुजु, पुण्यश्वरी बैद्य, कुमार प्रसाद काफ्ले, मोहन मायाँ श्रेष्ठ, चण्डेश्वरी प्रधान, जानुका पौडेल, रामेश्वरी कायष्ठ, सल्लाहकार सुन्दर प्रसाद कारञ्जित रहनुभएको छ । त्यसै गरी धुलिखेल नगर समितिको संयोजक विष्णू शर्मा, सह–संयोजकहरु पद्मा श्रेष्ठ, राधेश्याम थापा, महामन्त्री पुष्पलाल श्रेष्ठ, संगठन मन्त्री लाल बाबु ठाकुर, कोषाध्यक्ष खाईवा लामा, मन्त्री अरुण चित्रकार, र सदस्यहरुमा धन शर्मा, सूर्य कमल श्रेष्ठ, राधेश्याम श्रेष्ठ, बादल प्रधान, पूरुषोत्तम हुमागाई, सीता सुवेदी, कमला काफ्ले, ईन्दिरा सैजु रहेका छन् ।