2026 April 25/ 04:06: 00am

    बनेपा/पिपुल्स बचत तथा ऋण सहकारीको  शिक्षा तथा समाजकल्याण उप–समितिको आयोजनामासहकारीका जेष्ठ सदस्यहरुलाई तिर्थटान गराएको  छ ।  
 ललितपुरको कार्यविनायक, बुङ्मती करुणामय, अमरापुर बुद्ध विहार बुंगमती, जल विनायक, चोङ्गा गणेश त्यस्तै भक्तपुरको रानी पुखु, कमल विनायक गणेश मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको दर्शन एवं भ्रमण गराएको थियो । उक्त तिर्थाटनमा संस्थाका जेष्ठ सदस्य, संचालक समिति, लेखा समिति, सल्लाहकार समिति, अयोजक उप–समिति, अन्य उप–समिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
 तिर्थाटन  कार्यक्रम संयोजन उप–समितिका  संयोजक द्वारीका गौतम संचालक सदस्य कपिल प्रसाद दुलालले गर्नु भएको थियो । यस्ता कार्यक्रमले जेष्ठ सदस्यहरु थोरै भए पनि दैनिकी भन्दा पृथक रुपमा आध्यात्मक सँग सँगै रमाइलो अनुभुती हुने गरेको प्रवन्धक नवराज सापकोटाले बताउनु  भयो ।