2026 April 25/ 04:06: 47am

    बनेपा/विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान, मूल आयोजक समिति २०७८ ले श्रीखण्डपुरमा रहेको विन्ध्यबासिनी मन्दिरमा आउँदो चैत्र १९ देखि २७ सम्म श्रीदेबी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना गरेको छ । अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाका अनुसार शैक्षिक जागरण, आध्यात्मिक चेतना एवं पर्यटन विकासका लागि विन्ध्यावासिनी आध्यात्मिक प्रतिष्ठान स्थापना गरिएको बताउनु भयो ।
    संस्थाको माध्यमबाट वैदिक सनातन धर्मसंस्कृतिको रक्षा, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति, मानवकल्याण एवं धार्मिक, आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशासित बनाउनु यस ज्ञानमहायज्ञको प्रमुख उद्देश्य रहेको सचिव हरिकृष्ण तिमल्सिनाले बताउनु भयो । प्रतिष्ठानका लागि श्रीखण्डपुरमा खरिद गरिएको १ रोपनी जग्गामा विन्ध्यवासिनी मंगलाशैनी मन्दिर, यज्ञ मण्डप निर्माण, गुरुकुल सञ्चालनका साथै भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय योग साधना सामुदायिक भवन, सन्त निवास आदि निर्माण कार्यमा महायज्ञबाट आर्थिक सहयोगमा टेवा पुग्ने विश्वास ब्यक्त गरिएको अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भयो ।
    नौ दिनसम्म हुने ज्ञानमहायज्ञमा ब्राह्मणहरुद्वारा वैदिकविधि अनुसार रूद्राभिषेक, श्रीमद्भागवत् पाठ पारायण, प्रवचन, वेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, कोटि दीप प्रज्वलन, तुलादान, भूमिद¬ान, अत्रदान र शहिद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान लगायतका विभित्र अनुष्ठानहरु सम्पत्र गरिने छन् । महायज्ञको शुभारम्भका अवसरमा बाजागाजा र १०८ कलश सहित शोभायात्रा हुनेछ । सो अवसरमा श्रोत्रिय, ब्रह्मनिष्ठ स्वामी श्री निःशेषानन्दका कृपापात्र भागवत परिकर नारायण देवकोटाले सङ्गीतमय श्री देवी भागवत नवाह ज्ञानमहायज्ञ कथा वाचन, भजन, कीर्तन गर्नेछन् । श्रीदेवी भागवत कथामा आधारित आकर्षक झाँकीहरु कलाकारहरुबाट प्रदर्शन हुनेछ र अन्य विशिष्ट सन्त–महात्मा एवं विद्वान्हरुबाट प्रवचन गरिनेछ ।
    स्वामी श्री निःशेषानन्दजी महाराजको सत्संकल्प सहितको आर्शिष वचनलाई पूर्ण गर्नको लागि कृष्णप्रसाद तिमल्सिनको संयोजकत्वमा श्रीखण्डपुर विन्ध्यावासिनी मन्दिर परिसरमा आयोजित भेलाले विन्ध्यावासिनी आध्यामिक प्रतिष्ठानको आवश्यकता औचित्य स्पष्ट गरी संस्था जि.प्र.का.बाट दर्ता गरी तर्दथ समितिको बैठक २०७८ फाल्गुन २७ गते सम्पन्न गरी कृष्णप्रसाद तिमल्सिनको संयोजकत्वामा ५१ सदस्यीय ज्ञानमहायज्ञ मूल आयोजक समिति गठन भएको छ । महायज्ञ सञ्चालनका लागि विभिन्न क्षेत्रमा सहयोग जुटाउन विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएका छन् । यज्ञ सम्पादन गर्न मूल यजमानका रुपमा सहभागी हुन, विशेष कर्ता, दैनिक पूजा सामाग्री, हवन सामाग्री, भोजन, जलपान, आदिको जिम्मा लिन चाहनु हुने श्रद्धालु भक्तजनहरुको दान र यहाँहरुको स्वेच्छाले प्रदत्त सहयोग राशिबाट महायज्ञ सम्पत्र हुने बताईएको छ ।
    महायज्ञको मूल यजमान, विशेष कर्ता, भोजन खर्च, जलपान खर्च र यज्ञानुष्ठानका विभिन्न कार्यहरु गर्न गराउन चाहने लगायतका कुनै कार्यमा सहभागी हुनका लागि नगद वा जिन्सी सहयोग उपलब्ध गराउन सकिने छ । महायज्ञ आयोजक मूल समितिको खातामा रकम जम्मा गरेर वा सिधै समितिको कार्यालयमा रकम जम्मा गरी रसिद लिएर दान गर्न सकिनेछ । जिन्सी दानको लागि भूमिदान, अत्रदान, तुलादानको व्यवस्था गरिएको छ । धान्याञ्चलका लागि धान, गहुँ, मास, चामल, चिनी आदि साथै हवनका लागि जौ, तिल, घ्यू, समिधा आदि तथा पूजाका लागि चन्दन, फूलमाला, श्रृङ्गार सामाग्री, धूप–बत्ती जस्ता सामाग्रीहरु उपलब्ध गराई सहयोग पु¥याउन सकिनेछ ।
    महायज्ञ सम्पत्र गरिसकेपछि बचेको यज्ञशेषबाट विन्ध्यावासिनीमंगलशैनी मन्दिर निमार्ण गर्दा भएको सम्पूर्ण हिसावहरुलाई मिलान गर्ने र विन्ध्यावासिनी  गुरुकुल सञ्चालन सोको भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय सामुदायिक भवन, सत्संग भवन, सन्त निवास आदि निर्माण कार्यहरु सम्पन्न गरिनेछन् ।