धुलिखेल/धुलिखेल अस्पताल परिसरमा चश्मा घर स्थापना गरिएको छ । चस्मा घरको उद्घाटन नेपाल नगरपालिका संंघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो ।
संघका अध्यक्ष ब्याञ्जुले अस्पतालले सेवा थप गरेकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा दिन आग्रह गर्नु भएको थियो । चश्मा घरमा विशेषज्ञ डाक्टरद्धारा आँखा जाँच गरिनुका साथै पावर बमोजिमका चश्मा, कन्ट्याक्ट लेन्स, सन ग्लासेज, प्रोटेक्टीभ ग्लासेज लगायतका सेवा उपलब्ध रहेको अस्पतालका प्रमुख डाक्टर रामकण्ठ माकजुले जानकारी दिनु भएको थियो । हेर्दा सानो लाग्ने तर महत्वको विषय भएकाले हामीले अस्पतालमा नै निर्माण हुने गरी चस्माको शुरुवात गरेको माकजुले बताउनु भयो ।









