बनेपा/अखिल नेपाल महिला संघ बनेपाको आयोजनामा ११२ औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा एक दिने प्रशिक्षण आयोजना गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख आतिथ्यता अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष कमला काफ्लेले गर्नु भएको थियो । काफ्लेले महिला हिंसा रोक्न सबै क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो । आफ्नो नेतृत्व र क्षमता बढाउनु पर्ने हक अधिकार लिनु पर्ने अध्यक्ष काफ्लेले बताउनु भयो । हामी अधिकार चाहियो भन्छौ तर अधिकार पाएपछि पछाडि हट्छौ त्यसैले पहिला हामी आफै नेतृत्व लिन सक्षम हुनु पर्ने उहाँले बताउनु भयो । घरेलु हिंसा, महिला हिंसा रोक्न सबै क्षेत्र वर्ग लाग्नु पर्छ एक्लैले रोक्न नसकिने हुँदा सबै सचेत हुनुपर्ने काफ्लेले बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, उप–प्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, जिल्ला सल्लाहकार समिति सदस्य उर्मिला बैद्य, अनेम संघ जिल्ला उपाध्यक्ष विमला दाहाल सापकोटा लगायतको सहभागिता रहेको थियो भने पुर्व मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले महिला हिंसा रोकथामका बारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम अनेम संघ बनेपा नगर कमिटी अध्यक्ष राजन कुमारी बैदारले गर्नु भएको थियो ।









