2026 April 25/ 02:43: 09am

    बनेपा/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य तथा शारिरीक शिक्षा विषयका शिक्षक एवं विद्यार्थीहरुलाई २ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    बनेपा नगरपालिकाका शिक्षा शाखा प्रमुख श्याम सिं धामीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्वास्थ्य केन्द्रका ब्यबस्थापन समिति अध्यक्ष प्रकाश बहादुर कायस्थको सभापतित्व रहेको थियो । प्रमुख अतिथी धामिले अहिले योग र आयुर्वेद अत्यन्तै जरुरी भएकाले नगरपालिकाले समेत स्थानीय पाठ्यक्रममा उक्त पाठ राखेको बताउनु भयो । अब सामुदायिक विद्यालयमा मात्रै नभई नगरका सबै विद्यालयमा योग र आयुर्वेदका बारेमा कक्षा सञ्चालन गर्नु पर्ने धामीले बताउनु भयो । दैनिक जिवनमा गर्नु पर्ने योगलाई नगरपालिकाले पाठ्यक्रममा नै राखि शुरुवात गरिएकाले अभिभावकले पनि पहिला घरको भान्साबाटै आहार, ब्यबहारलाई बदल्नु पर्ने बताउनु भयो ।
    कार्यक्रममा कोरोना महामारीमा समेत योग र आयुर्वेद औषधीको ठुलो महत्व र उपयोगी देखीएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डा. मनोज कुमार चौधरीले बताउनु भयो । आयुर्वेद औषधीको प्रचार प्रसार कम भएकाले यसको उपयोग कम भएको तर कोरोना महामारी पछि यसको माग धेरै रहेको चौधरीले बताउनु भयो । अस्पतालले प्रत्येक गाँउपालिकामा आयुर्वेद केन्द्र खोल्न लागेको र गाँउघरमा समेत यसको उपयोग र महत्वका बारेमा जानकारी गराएको बताउनु भयो । अस्पतालमा आयुर्वेद औषधी, योग लगाएतका सेवा सुविधा प्रदान गर्दै आएको डा.चौधरीले बताउनु भयो ।
कार्यक्रममा हिमालय माविका प्रधानाध्यापक धु्रर्व प्रसाद भट्टराई लगायतले आयुर्वेदको महत्वका बारेमा मन्तब्य राख्नु भएको थियो । अभिमुखीकरणमा ४ वटा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।