बनेपा/राष्ट्रिय स्वास्थ्यकर्मी सघं नेपालको तेस्रो जिल्ला अधिबेशनबाट दोश्रो पटक पुरुषोतम तिमल्सिनाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य रामहरी सुवेदीले गर्नु भएको थियो । प्रमुख अतिथी सुवेदीले स्वास्थ्यकर्मीहरुले आफ्नो अधिकार मात्र नखोजी दायित्व पनि पुरा गर्नुपर्ने बताउनु भयो । स्वास्थ्यकर्मीहरुको ठुलो जिम्मेवारी र ठुला विपत्ति आँउदा फ्रन्टलाईनमा काम गर्नु पर्ने भएकाले राज्यले पनि उनिहरुको सेवा सुबिधामा कन्जुस्याई गर्न नहुने सुवेदीले बताउनु भयो । भुकम्प होस् वा कोरोना महामारीमा स्वास्थ्यकर्मीले धेरै जनताको सेवा गरी ज्यान बचाएका छन्, जोखीममा काम गर्नु भएको छ राज्यले दिने सुविधा दिनुपर्ने सुवेदीको भनाई रहेको थियो । पहिला आफु स्वस्थ्य अनि घर समाज र राष्ट्रलाई नै स्वस्थ बनाउन स्वास्थ्यकर्मीको भुमिका रहेको उहाँले बताउनु भयो । कार्यक्रममा वाग्मती प्रदेशका पूर्व मन्त्री तथा सांसद् चन्द्र लामा, राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रिय उपाध्यक्ष रामहरी खतिवडा, महासचिव डा.झलकराज शर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संघका सल्लाहकार राजदास काफ्लेले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले गर्नु भएको थियो ।









