बनेपा/नाईटिङ्गेल एकेडेमी माध्यमिक बिद्यालयको सातौ दिक्षान्त समारोह तथा एस. ई.ई २०७७ मा उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
नेपाली सेना कालीजंग गण काभ्रेका गणपति मिलन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रत्नकुश रजिंतले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी थापाले विद्यालयलमा पढाईसँगै अनुशासित, संस्कार, आत्मरक्षा लगायत अन्य कृयाकलापका कक्षाहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो । कोरोनाका कारण विद्यार्थीहरुको पढाईमा असर गरेकाले विद्यालयहरुले पढाई सँगै ब्यबहारीक र मनोसामाजीक शिक्षामा जोड दिनु पर्ने थापाले बताउनु भयो । कालीजंग गणले जिल्लाका विभिन्न विद्यालयमा राष्ट्रिय सेवा दल तालिम प्रदान गर्दै आएको बताउदै थापाले अनुशासन नै राष्ट्र सेवाको अभिन्न अगं भएकाले विद्यार्थीहरुमा ईमान्दारी नेतृत्व क्षमता विकास गर्दै राष्ट्रिय एकता, आत्मरक्षा समेत हुने थापाले बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथी प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले कोरोनाका कारण निजी विद्यालयहरु घाईते मात्र भएका तर नमरेको बताउनु भयो । कोरोनाका समयमा समेत बैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई शिक्षा प्रदान गरेकाले राज्यबाट निजी विद्यालयलाई उपेक्षा गरिएको भुजेलले बताउनु भयो । कार्यक्रममा शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुकार कारंजित, विद्यालयका प्राईमरी को–अडिनेटर पुण्यश्वरी मानन्धर लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष रत्नकुश रंजितले कोरोनाका कारण रोकिएको दिक्षान्त समारोहलाई निरन्तरता दिएको बताउनु भयो । विद्यालयले विद्यार्थीहरुको शैक्षिक स्तर उकास्नका लागी पढाई सँगै अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आएको र ब्यवहारिक शिक्षा प्रदानमा जोड दिएको रंजितले बताउनु भयो । कार्यक्रममा एसईईमा उत्तिर्ण हुने विद्यार्थीलाई सम्मान तथा विदाई र १०८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका सह–प्रिन्सिपल उमा बस्नेतले राख्नु भएको थियो भने सञ्चालन इसिए ईन्चार्ज विक्रम प्रजापतीले गर्नु भएको थियो ।









