2026 April 25/ 02:43: 09am

    बनेपा/काभ्रे बहुमुखी क्याम्पस बनेपाको तेस्रो क्याम्पस सभा नेपाली काँग्रेसका नेता प्रकाशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    प्रमुख अतिथी सिंहले क्याम्पसमा राजनीति भन्दा शैक्षिक गतिविधिले प्राथमिकता पाउनु पर्ने बताउनु भयो । क्याम्पसमा गुणस्तरीय शिक्षाका लागि सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने सिंहको भनाई थियो । कार्यक्रममा पूर्व राज्य मन्त्री कन्चनचन्द्र बादे, संविधान सभा सदस्य शिला कतिला, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधी धुर्व पोखरेल, सञ्चालक सदस्य रामराजा धौभडेल, रामशरण लुईटेल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा क्याम्पसका गतिबिधी क्याम्पस प्रमुख केजी बैदारले सभामा प्रस्तुत गर्नु भएको थियो । क्याम्पसले विगत २ वर्ष देखि विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरमा प्रत्यायनकृत प्राप्त गरेको, विज्ञान प्रयोगशाला थपिएको, नेपालका क्याम्पसहरु मध्ये उत्कृष्ट लाईब्रेरी, ३ वटा कम्प्युटर ल्याब लगायतका सुविधाहरु रहेको क्याम्पस प्रमुख बैदारले बताउनु भयो । क्याम्पसमा कक्षा ११ देखी मास्टर डिग्री सम्मका विभिन्न विषयका कक्षाहरु सञ्चालन हँुदै आएको बैदारले बताउनु भयो । क्याम्पस सभा सञ्चालक समितीका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो सञ्चालन उप प्रध्यापक कृष्ण प्यारी नकर्मीले गर्नु भएको थियो ।