2026 April 25/ 02:43: 09am

पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन पनौती रुट ईकाईको आयोजनामा एक दिने घुम्ती शिबिरको आयोजना गरेको छ ।
सगंठनका अध्यक्ष सुनिल धाजँुको सभापतित्वमा भएको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । शिबिरमा होलि पर्वका दिन हुने सगंठनको अधिबशेनका लागी नयाँ सदस्यता वितरण, नविरकण र प्रशिक्षण समेत प्रदान गरिएको वागमती प्रदेस सचिबालय सदस्य तथा काभ्रे ईन्चार्ज बेद प्रसाद घिमिरेले बताउनु भयो । प्रत्येक वर्ष होली पर्वका दिन सगंठनको अधिबेशन गरिने, जेष्ठ मजदुर सम्मान गर्ने गरिएको घिमिरेले बताउनु भयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य विदुर खत्री, मजदुर सगंठनका अध्यक्ष अजय श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।