बनेपा/स्टाईल हेयर केयर पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा तीन महिने आधारभुत ब्युटिसियन तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन नगर प्रमुख लक्ष्मी नरसिंह बादेले एक कार्यक्रमका बिच गर्नु भएको थियो । नगर प्रमुख बादेले तालिम लिने मात्र नभई तालिम पश्चात ब्यबसायीक बन्न आग्रह गर्नु भएको थियो । तालिम आधारभुतले नपुगेमा एडभान्स पनि नगरपालिकाले प्रदान गर्छ तर सहभागिहरुले ईच्छा र मेहनत गर्नुपर्ने नगर प्रमुख बादेले भन्नुभयो । आत्मनिर्भर बन्नका लागी नगरपालिकाले विभिन्न महिला दिदिबहिनीहरुलाई तालिम प्रदान गर्दै आएको र शिप सिकेपछि थोरै रकममा समेत ब्यबसाय गर्न सहज हुने प्रमुख बादेले बताउनु भयो ।
कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहालले नगरका १४ वटै वडामा ब्युटिसियन, सिलाई बुनाई, क्रिस्टल, कौशिखेती, अचार बनाउने, नेतृत्व विकास तथा क्षमता अभिबृद्धि लगाएतका तालिमहरु प्रदान गरी महिला दिदिबहिनीहरुलाई शिप प्रदान गरिएको बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य ट्रेनिङ्ग सेन्टरकी प्रशिक्षक सुलोचना तिमल्सिनाले राख्नु भएको थियो भने सभापतित्व प्रोपाईटर शोभा थापा नर्कमीले गर्नु भएको थियो । तालिममा २० जना सहभागी रहेका छन् ।









