बनेपा/बागमती सुधार आयोजनाको आयोजनामा बागमति जलाधार क्षेत्र अन्तर्गतको शिवपुरी जंगलमा धाप ड्याम निर्माणको बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको नेतृत्वमा स्थलगत अवलोकन गरिएको छ ।
नगर प्रमुख बादेले ड्यामको अवलोकन पछि बनेपा नगरपालिका वडा नम्बर ३ बन्ने हिले जलजलेमा ताल निर्माणका लागि डिपिआर तयार गरि काम शुरू भएको र अझै केहि ब्यबस्थित गर्नुपर्ने बताउनु भयो । नगरको गौरवको योजना अनुसार ताल निमार्णका लागी ठुलो रकम लाग्ने भएकाले केन्द्रीय बजेट मार्फत थप निर्माणका लागी पहल थालिने नगर प्रमुख बादेले बताउनु भयो ।
ताल निर्माण पश्चात उक्त वडामा ब्यवस्थित सिंचाई, खानेपानी, पर्यटकीय ताल, पिकनिक स्पोर्ट लगायतका संरचना बन्ने र आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउने बताउनु भयो । धाप ड्याम अवलोकनका लागि प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा नम्वर ३ का अध्यक्ष कृष्णप्रसाद दाहाल, वडा नम्वर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, बरिस्ठ राजश्व अधिकृत धुर्वराज नेपाल, प्रशासन प्रमुख जुजुभाई सुद्वाकार, ईन्जिनियर चन्दन ह्याजु, हिले जलजले ड्याम निर्माण उपभोक्ता समितिका अध्यक्ष केदार दाहाल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । हिले जलजले तालको बाहिरी निर्माण काम शुरु भएको छ ।









