2026 April 25/ 02:42: 11am

माओवादीका प्रदेश र जिल्ला सदस्य एमालेमा
    धुलिखेल/एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी काभ्रेको तेश्रो जिल्ला सम्मेलन धुलिखेलमा सम्पन्न भएको छ । अधिबेशनको बन्द सत्रले तेज नेपालीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।
    बन्द सत्रले बालकृष्ण पुर्कोटी उपाध्यक्ष, गिता सुनार सचिब, मदन बिक र प्रकाश मिजारलाई उपसचिवमा चयन गरेको छ । बन्द सत्रबाट ६५ सदस्य जिल्ला कमिटी सर्वसम्मतिबाट चयन भएको इन्चार्ज एवं पूर्व अध्यक्ष खड्गबहादुर पुर्काेटीले जानकारी दिनुभयो । अधिबेशनको उद्घाटन पुर्व संचारमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटाले गर्नु भएको थियो । बास्कोटाले उत्पीडित समुदायलाई राज्यले गर्ने विभेद अन्त्य गर्नुपर्ने बताउनु भयो । ‘एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ता, बालबालिकाहरुलाई पोषण भत्ताको ब्यवस्था गरेको छ’–पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘विभेद अन्त्यका लागि ल्याएका कानुनहरुको कार्यान्वयनको खाँचो छ ।’
    अधिबेशनको उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका उपाध्यक्ष तथा पदाधिकारीहरु, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिव रिता ढकाल र राजकुमार सापकोटा, मुक्ति समाजका सह इन्चार्ज चन्द्रबहादुर दिवाकोटी, खड्गबहादुर पुर्काेटी लगायतले दलितहरुको अधिकारका बारेमा धारणा राख्नु भएको थियो । सोहि कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरुले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
    महाभारत गाउँपालिकाबाट मात्रै दिलिप आले मगर, महाभारत–८, घर्तिछाप, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सल्लाहकार सदस्य, पूर्ण वाईवा, महाभारत–६, बनखुचौर, नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य, गणेश स्याङतान, महाभारत–५, बुढाखानी, नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य, फुर्साङ वाईवा, महाभारत–६, बनखुचौर, नेकपा माओवादी केन्द्र पार्टी सदस्य, अजित वाईवा, महाभारत–६, बनखुचौर, नेकपा माओवादी केन्द्र पार्टी सदस्य र विष्णु कुमार मुक्तान, महाभारत–६, बनखुचौर, नेकपा माओवादी केन्द्र पार्टी सदस्य एमालेमा प्रवेश गरेका छन् ।