कुशादेवी/कुशादेबी क्याम्पसको आठौ क्याम्पस सभाबाट आगामी तीन वर्षका लागी छविलाल हुमागाईलाई ब्यबस्थापन समितीको अध्यक्षमा चयन गरेको छ ।
जस अन्र्तगत सञ्चालक सदस्यमा कमला अधिकारी, तिलकबहादुर लामा, धु्रर्व सापकोटा र शिबराम अर्याल चयन हुनुभएको छ । क्याम्पस सभाको प्रमुख आतिथ्यता पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले गर्नु भएको थियो । न्यौपानेले क्याम्पसमा उच्च स्तरीय खालको गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्ने बताउनु भयो । उच्च शिक्षाबाट कुनै पनि नगरबासी बञ्चीत हुन नपरोस भन्नका लागी नगरपालिकाले नगर भरीका सामुदायीक विद्यालयमा शिक्षामा एकरुपता मार्फत परीक्षा सञ्चालन गर्दै आएको बताउनु भयो । सामुदायीक क्याम्पस तथा विद्यालयमा विद्यार्थीहरुको आर्कषण बढ्दै गएकाले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने प्रमुख न्यौपानेले बताउनु भयो । नगरपालिकाले नगरपालिका भित्र कृषि क्षेत्रमा आत्मर्निर बनाउनका लागी काम गरि रहेको र भौतिक विकास सँगै आर्थिक उपार्जनका लागी र शिप विकासमा समेत जोड दिएको न्यौपानेले बताउनु भयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पुर्व सहायक डिन डा. मिलन कुमार शर्मा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । क्याम्पसको आर्थिक तथा बािषर््ाक प्रतिबेदन क्याम्पस प्रमुख शशिकुमार बोलखेले सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो









