2026 April 25/ 02:15: 14am

    बनेपा/नेकपा एमाले सम्बद्ध बुद्धिजीवी परिषद काभ्रेको ९ औं जिल्ला सम्मेलनबाट डा.अम्भुभवानी कार्कीको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको छ ।
    परिषदको उपाध्यक्षमा वीरवहादुर थापा, सचिव अधिवक्ता रामशरण घिमिरे, सहसचिव भिमसेन के सी, कोषाध्यक्ष केशव काफ्ले र सदस्यहरुमा निर्मला सापकोटा, बद्रि तिमल्सिना, सत्य नारायण श्रेष्ठ, वसन्त नेपाल, राजदाश काफ्ले, शिब बञ्जारा, केशव थापा, देविन प्रधान र अनन्त पराजुली निर्वाचित हुनु भएको छ । सम्मेलनको उद्घाटन नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय उपाध्यक्ष कबीता लुईटेलले गर्नु भएको थियो । लुईटेलले आजको आवश्यकता अनुसार बुद्धिजीवीहरुले काम गर्नु पर्ने बताउनु भयो । अहिले बुद्धिजीवीहरुमा नै अनुशासन तोडिदै गएकाले यस तर्फ ध्यान दिनु पर्ने लुईटेलको भनाई रहेको थियो । सम्मेलनमा विशेष अतिथी नेकपा एमाले जिल्ला कमिटी काभ्रेका अध्यक्ष अशोक ब्यान्जु, बुद्धिजीवी परिषदका केन्द्रिय सह –कोषाध्यक्ष टिका ढकाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषद ईन्चार्ज प्रकाश रोक्का, जिल्ला कमिटी सदस्य रामशरण दाहाल, प्रगतीशिल कानुन ब्यबसायी संगठनका केन्द्रिय सदस्य ईश्वर शर्मा लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सम्मेलनको सभापतित्व अध्यक्ष रामशरण लुईटेलले गर्नु भएको थियो भने सञ्चालन भिमसेन केसीले गर्नु भएको थियो ।