धुलिखेल/सेञ्चुरी कमर्सियल बैंकको ११ औं स्थापना दिवसको अवसरमा धुलिखेल शाखाले जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग गरेको छ ।
धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहालले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शनिवार केन्द्रलाई फर्निचर सहयोग गरेको जानकारी दिनुभयो । केन्द्रलाई एक दर्जन कुर्सी, दुई टेवल र एक वटा दराज सहयोग गरिएको शाखा प्रमुख दाहालले बताउनु भयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता भएको थियो । प्रमुख अतिथी पाण्डेले बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत आबश्यक ठाँउमा सहयोग गरेकोमा धन्यबाद दिनु भएको थियो । अन्य बैक तथा सहकारीले पनि अति आवश्यक र उपयुक्त ठाँउमा स्थानीय सरकार सँगं समन्वय गरी सहयोग गर्नुपर्ने र जेष्ठ नागरिकको अनुभवलाई आउँदो पुस्तामा हस्तान्तरण गर्दै जान सक्नु पर्ने बताउनु भयो । कार्यक्रममा बैकका शाखा प्रमुख हरिकृष्ण दाहालले स्थापना दिबसका अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको बताउनु भयो । बैकको काभ्रेमा ७ शाखा, नेपाल भर जम्मा कुल शाखा १२८ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर र २५ वटा शाखा रहित बैिकड्ढ र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको दाहालले बताउनु भयो । कार्यक्रममा चु जी फाउण्डेशनले एक सय जना जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण गरेको थियो । उक्त ब्लाङकेट धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जूकुमार कोजूको समन्वयमा ब्लाङकेट वितरण गरिएको थियो । नागरीक सेवा केन्द्रका अध्यक्ष दिल सुन्दर श्रेष्ठले केन्द्रमा अहिले १९० जेष्ठ नागरिक रहेका छन् भने हरेक हप्ताको शनिवार भजन, किर्तन, प्रवचन लगायतका कार्यक्रम हुँदै आएको बताउनु भयो । कोरोनाका कारण दुई बर्ष भेला बन्द गरेको सेवा केन्द्रले शनिवारबाट नियमित गर्ने केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले धुलिखेलमा २० आना जग्गा किनेको जानकारी दिनुहुँदै त्यहाँ भवन बनाउने बिषयमा छलफल भै रहेको श्रेष्ठले बताउनुभयो । कार्यक्रम जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सम्पन्न भएको थियो ।









