2026 April 25/ 02:43: 10am

बनेपा र धुलिखेलमा अन्र्तक्रिया
    बनेपा/बनेपा नगरपालिकाको आयोजनामा ११२ औ अन्तराष्ट्रिय महिला दिबसका अबसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेलले पनि समसामयीक विषयमा अन्र्तक्रिया आयोजना गरेको छ ।
    अन्र्तक्रिया कार्यक्रममा प्रमुख आतिथ्यता नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले गर्नु भएको थियो भने विशेष आतिथ्यता प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गर्नु भएको थियो । प्रमुख अतिथी नगर प्रमुख बादेले महिला हिंसा रोक्नका लागी सबै क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो । हरेक वर्ष मार्च ८ का दिनलाई नारी दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन नसकेको बादेले बताउनु भयो । महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको नगर प्रमुख बादेले बताउनु भयो । कार्यक्रमका विशेष अतिथी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महिलाहरुका लागी धेरै अधिकार भएको बताउनु भयो । महलिाहरु सक्षम र सबल भएका कारण नै प्रत्येक ठाँउमा महिलाको नेतृत्व स्थापित हुन लागेको पाण्डेले बताउनु भयो । काननुलले नै स्थानीय तहमा महिला प्रमुख वा उप प्रमुख अनिवार्य गरेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय किताब खाना प्रहरी उप निर्देशक शान्ता भट्टराईले महिला हिंसा, घरेलु हिंसा बाट बच्न र भैईहालेमा कानुनी सहयोग कसरी पाउने विषयमा प्रशिक्षण दिनु थियो । यौन हिंसा, साईबर क्राईम र पछिल्लो समय आएको बिकृतिबाट कसरी जोगीने जस्ता बिषयमा भट्टराईले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम सभापति तथा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले महिलाहरुलाई धेरै अधिकार दिएकाले अधिकार उपयोग गर्न आग्रह गर्नु भएको थियो ।  नगरपालिकाले नगरलाई किशोरी मैत्री नगर घोषणका लागी सबै वडा तथा विद्यालयका किशोरी समुह गठन गरी उनिहरुलाई सचेतना प्रदान गरेको बताउनु भयो ।     किशोरीहरुमा आउने शारिरिक परिर्वतन देखी यौन र्दुब्यबहार लगाएतका बारेमा सचेतना गर्दै आएको उहाँले बताउनु भयो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, महिला तथा जेष्ठ नागरीक शाखा अधिकृत बिजया सुबेदी, निर्मला कार्की लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
    धुलिखेल नगरपालिकाले आयोजना गरेको नारी दिवस विशेष कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । उपप्रमुख विमला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले नारी दिवसको महत्व र नारीहरुको अधिकारका बारेमा समुदाय र समाजले गर्नु पर्ने भूमिका र दायित्वका बारेमा जानकारी गराएका थिए ।