2026 April 25/ 01:04: 50am

बनेपा/बनेपा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने मातृ तथा नव शिशुको स्वास्थ्य स्थितिका बारेमा स्वास्थ्यकर्मीहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगर भित्रका स्वास्थ्य ईन्चार्ज, स्वास्थ्यकर्मी, नर्सिङहरुलाई प्रसुती सेवा प्रदायकको स्थिति, प्रसुति सेवा प्रदायकद्वारा उत्तर प्रसुति स्याहार सेवा उपलब्ध गराउनुको महत्वका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले उत्तर प्रसुति स्याहार घरभेट सेवा कार्यान्वयन गर्न, प्रसुति सेवा सुधार ल्याउन कार्ययोजना बनाउने र कार्यान्वय गर्ने र स्थानिय तहका ब्यबस्थापकहरुलाई सचेत भई कार्यक्रमको अनुगमन गर्ने बताउनु भयो । कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले प्रसुति स्याहार कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको थियो । उपचार महिलाले बञ्चित हुन नपरोस, उहाँहरुको समस्याका बारेमा महिला स्वयंम सविका, स्वास्थयकर्मीहरुले विशेष ध्यान दिई अस्पतालसम्म आउने वातावरण बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतिले पहिला आफ्नो पेशालाई प्राथमिकता दिई नगरबासीहरुको सेवा प्रदान गर्न आग्रह गर्नु भएको थियो । नगरमा पर्याप्त स्वास्थ्य कर्मिहरु भएकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न सकिने बताउनु भयो । कार्यक्रम स्वास्थ्य शाखाकी  सिता भट्टराईले सञ्चालन गर्नु भएको थियो ।