2026 April 25/ 01:04: 31am

    पनौती/एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.पनौतीले १५ औ स्थापना दिवस तथा  अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।
    कार्यक्रममका प्रमुख अतिथी तथा संस्थाका प्रमुख सल्लाहकार राजकुमार तिमल्सिनाले पछिल्लो समय वित्तीय संस्थाहरुको परिस्थिति फरक बनेको र समयसामयीक परिस्थिति बुझेर क्रियाकलापहरु संचालन गर्न सक्ने साकोसहरु संकटमा पर्ने उल्लेख गर्नुभयो । गत शनिवार भएको उक्त कार्यक्रममा संस्थाका  सल्लाहकार राजकुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा रहेको थियो । गोष्ठिमा साकोसका सचालक समिति, विभिन्न उपसमितिका पदाधिकारीहरु सल्लाहकार लगाएतको उपस्थिति रहेको थियो । संस्थाका कोषाध्यक्ष वसुन्धरा आचार्यले संस्थाको ६ महिनाको आर्थिक विवरण र लक्ष्य प्राप्तीका लागि देखिएका चुनौतीहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । आचार्यले संस्थाको कुलपुँजी १८ करोड ८८ लाख ८२ हजार ९ सय रहेको जनाएको छ । संस्थाको पल्स प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान समयमा देखिएको तरलता समस्याले सस्थालाई पनि नकरात्मक असर पारेको कुरा बताउनु भयो । कार्यक्रममा संस्थाका सचिव भरत रावलले संस्थाका विभिन्न गतिविधिहरु आगामी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष काजीबहादुर खत्रीले बित्तीय संस्थाहरुमा तरलता लगायतको समस्या उत्पन्न भएको बताउँदै संस्थाले आवश्यक व्यवस्थापन गर्ने बताउनु भयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष चण्डेश्वरी मुनाकर्मीले स्वागत मन्तव्य राख्नु भएको थियो भने व्यवस्थापक सविन सुन्दर सैजुले प्राविधिक सहयोग गर्नु भएको थियो ।