2026 April 25/ 01:04: 50am

    पाँचखाल/सानिमा बैंकले ९६ औ शाखा काभ्रेको पाँचखाल नगरपालिकामा सञ्चालन गरेको छ । शाखाको उद्घाटन पाँखाल नगरपालिका प्रमुख महेश खरेलले गर्नु भएको थियो ।
    नगर प्रमुख खरेलले पाँचखालमा आर्थिक विकासका लागी सानीमा बैकको स्थापनाले थप ईट्टा थपिएको बताउनु भयो । बैक स्थापना पछि पाँचखालका नागरिकहरुका लागी आर्थिक उपार्जनका लागी बैककले लगानी गर्नु पर्ने बताउनु भयो । बैंकले १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने राष्ट्र सेवकको नीति अनुसार उक्त बैकले कृषिमा लगानी गरी नगरबासीहरुको आर्थिक उपार्जनका लागी सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईले बैंकका हाल सम्म सातवटै प्रदेशमा ९६ वटा शाखा र २८ वटा काउण्टर गरी १ सय ३ वटा एटिएम मार्फत सेवा प्रदान गरेको बताउनु भयो । बैंकको लगानी उर्जा क्षेत्रमा बढी रहेकाले अब थप कृषि क्षेत्रमा लगानी गर्ने बताउनु भयो । बैंकका हिसाबले कान्छो रहेता बनि कारोबार ग्राहकलाई सेवा सुविधा प्रदान गरेको हिसाबका छैटौ नम्बरमा रहेको बताउनु भयो । पाँचाखालमा ९६ औ शाखा स्थापना सगै यहाँका नागरीकहरुलाई सर्वसुलभ सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता प्रदान गर्ने बताउनु भयो । कार्यक्रममा उपत्यका ईन्चार्ज कबिन्द्र पाल, बनेपा शाखा प्रमुख सञ्जय सापकोटा, पाँचखाल शाखा प्रमुख सुरेश घिमिरे लगायतको सहभागिता रहेको थियो ।