बनेपा/गोदार थापा सेवा समाजले आफ्नो बंशका ७० वर्ष माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।
थापा सेवा समाज सेवाका केन्द्रिय अध्यक्ष कुबेर सिं गोदार थापाले जेष्ठ सदस्यहरुलाई सम्मान गर्नु भएको थियो । थापाले जेष्ठ आमा बबुबाहरुलाई सम्मान गर्न र उहाँहरुबाट आर्शिबाद पाउनु नै भाग्यवानी रहेको बताउनु भयो । आफ्नो वंश धान्ने र संस्कृति सम्पदा जोगाउनु नै अहिलेका मुख्य चुनौती रहेको थापाले बताउनु भयो । सबैभन्दा पहिला हामिले हाम्रा सन्ततीहरुलाई कस्तो संस्कार दिन्छौ आमा बुबाहरुलाई कस्तो ब्यबहार गछौ त्यहि सन्ततीहरुले सिक्ने हुदाँ पहिला संस्कार सिकाउनु पर्ने बताउनु भयो । कार्यक्रममा नाला र बनेपा १० मा बसोबास गर्ने थापा गोदार जेष्ठ सदस्य ३० जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा थापा परिवारका डाक्टर, स्टाप नर्सिङ, ईन्जिनियरहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सभापति गोदार थापाका जेष्ठ सदस्य नृपध्वज गोदारले गर्नु भएको थियो । कार्यक्रममा गोदार थापा सेवा समाजका केन्द्रिय सचिव राजाराम गोदार, कोषाध्यक्ष किशोर गोदार, केन्द्रीय सदस्य अन्जना गोदार आमन्त्रीत सदस्य कृष्ण मर्हजन गोदार, प्रचार सदस्य समीर गोदार र जिल्ला अध्यक्ष आत्माराम गोदार जिल्ला सचिव लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन राम गोदारले गर्नु भएको थियो ।









