2026 April 25/ 01:04: 34am

झोला तथा सेनेटरी प्याड बनाउने तालिम
    बनेपा/बनेपा नरपालिका वडा नम्बर ५ को आयोजनामा स्थानीय महिलाहरुका लागि उद्यमशीलता तथा सिप विकासका लागि ५ दिने झोला तथा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।
    तालिमको समापन बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको थियो ।  दाहालले नगरपालिकाले भौतिक विकाससँगै महिलाहरुका लागि नेतृत्व र क्षमता विकास, सिपमूलक तालिम, विकासमा समानता, किशोरी मैत्री नगरपालिका बनाउन लागिएको बताउनु भयो । नगरको १४ वटै वडामा किशोरीहरुलाई तालिम, महिलाहरुलाई नेतृत्व र क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको बताउनु भयो । महिलाहरुलाई ड्राईभिङ्ग, सिलाई कटाई, बुनाई, डल्लो साबुन बनाउने, अचार बनाउने, कौसी खेती तालिम प्रदान गरि आत्मनिर्भर बनाउन लागिएको बताउनु भयो । नगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क रि युज सेनेटरी प्याड उपलब्ध गराउदै आएको बताउनु भयो । दाहालले महिलाहरुले आरक्षण दिने मात्र नभई आफु पनि सक्षम र नेतृत्व लिन सक्ने हुनुपर्ने बताउनु भयो ।
    कार्यक्रममा ५ नम्बर वडाका वडा अध्यक्ष बलराम अधिकारीले वडामा रहेका महिला दिदिबहिनीहरुलाई ५ दिने तालिम प्रदान गर्न लागिएको बताउनु भयो । तालिम लिने मात्र नभई सदुपयोग गर्न र आत्मनिर्भर बन्न समेत सुझाव दिनुभयो । वडामा ५ वर्षमा विकासका धेरै काम गर्न सकिएको र अझै केहि अधुरै रहेकाले विकासमा चरणमा रहेको बताउनु भयो । तालिम पनि विकासको चरण भएकाले वडा ठुलो भएकाले भेगीय हिसाबमा तालिम प्रदान गरिने बताउनु भयो । कार्यक्रममा वडा सदस्यहरु सागर मानन्धर, ज्ञानु मिजार, चण्डेश्वरी महिला समुहकी मिनु रंञ्जीत लगाएतको सहभागिता रहेको थियो । तालिम ५ दिनसम्म सञ्चालन गरिएको थियो भने तालिममा २८ जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो । तालिम सम्पन्न पश्चात सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा सभापतित्व कार्यपालिका सदस्य तथा कार्यक्रम संयोजक उमा बैद्यले गर्नु भएको थियो ।

आय आर्जनका लागि योमरी तालिम
    बनेपा/सिप विकास तथा आय आर्जन प्रर्बद्धन नेपालको आयोजना तथा बनेपा नगरपालिकाको आर्थिक सहयोगमा ७ दिने योमरी तालिम दिईएको छ । तालिमको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको छ ।
    बादेले नगरपालिकाले भौतिक विकास सँगै नगरबासीहरुको स्वास्थ्य सँगै आर्य आर्जनमा जोड दिएको बताउनु भयो । सिप मुलक तालिम प्रदान गर्दै आत्मनिर्भर उत्पादन मुलक क्षेत्रमा लाग्न समेत नगरबासीहरुलाई बादेले आग्रह गर्नु भएको थियो । नगरपालिकाले नगरबासीहरुको हितका लागी १४ वटै वडामा विभिन्न खालका सिपमुलक तालिम प्रदान गर्दै आएको र थोरै पुजिंले पनि धेरै आय आर्जन गर्न सकिने बताउनु भयो । तपाईहरुले कार्यक्रम लिएर आउनुहोस नगरपालिकाले सहयोग गर्छ बादेले वताउनु भयो तर तालिमको सही सदुपयोग गर्नु पर्ने बताउनु भयो । योमरी बनाउने तालिममा उप प्रमुख रेखा सापकोटा दाहालले योमरी नेवारी संस्कृतिमा मात्रै भए पनि अहिले सबै क्षेत्रमा र ब्यबसायीक हिसाबले सञ्चालन हँुदै आएको बताउनु भयो । योमरी पुर्णिमामा मात्रै बनाउने योमरी हाल ब्यबसायीक रुपमा सञ्चालन हुँदै आएकाले नगरपालिकाले समेत यसलाई प्रर्वद्धन गर्नका लागी तालिम प्रदान गरेको बताउनु भयो ।
    नगरपालिकाले एनएनसिटिआर सँग समन्वय गरी ४ वर्षमा ४ हजार २ सय जना महिला दिदिबहिनीहरुको निशुल्क पाठेघरको उपचार गरिएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी कोषाध्यक्ष अमला देवी मानन्धरले राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अधयक्ष डा. सुरेन्द्र वादे श्रेष्ठले गर्नु भएको थियो ।

अचार बनाउने तालिम    
    नाला/बनेपा नगरपालिका वडा नम्बर ४ को आयोजनामा  तथा बनेपा नगरपालिकाको सहयोगमा  महिलाहरूका लागि अचार बनाउने तालिम सम्पन्न भएको छ  ।
    तालिमको समापन गर्दै उप प्रमुख रेखा सापकोटा दाहालले तालिम लिने मात्रै नभई ब्यबहारमा ल्याउन आग्रह गर्नु भएको थियो । महिलाहरुका लागी क्षमता विकास र नेतृत्व विकसका लागी नगरपालिकाले दिएको तालिमको उपयोग गर्न आग्रह गर्नु भएको थियो ।  हामी सबै खालका तालिम लिन्छौ तर कुनै पनि ब्यबहारमा उतार्देनौ त्यसैले जुन तालिम लिन्छौ त्यसलाई निरन्तरता दिदै अगाडी बढ्न आग्रह गर्नु भएको थियो । हामी भौतिक विकास भएको मात्र देख्छौ, तर महिला दिदिबहिनीहरुले सिप सिकी आत्म निर्भर हुनु पनि विकास रहेको दाहालको भनाई रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका प्रवक्ता तथा ४ नम्बर वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, बनेपा नगरपालिका प्रेस सल्लाहाकार तथा चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमिल्सना, कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य ज्योती वोगटीले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्यहरुको सहभागिता रहेको थियो । तालिम सम्पन्न पश्चात सहभागिहरुलाई प्रमुख अतिथी रेखा सापकोटा दाहालले प्रमाण पत्र बितरण गर्नु भएको थियो ।