बनेपा/बनेपा नगरपालिका ११ को पाकुटोलमा शान्ति पार्क निमार्ण हुने भएको छ । पार्कको शिल्यान्यास पुर्व सञ्चार मन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्काटाले गर्नु भएको छ ।
बास्कोटाले विकासमा सडक मात्र नभई पार्क, अस्पताल, विश्वविद्यालय, खेलकुद मैदान निमार्ण गरिएको बताउनु भयो । बढ्दै गएको शहरी चापले दिएको तनाबलाई कम गर्न शान्ती पार्कको आवश्यकता रहेको बास्कोटाले बताउनु भयो । बनेपामा मात्रै होईन यस्ता पार्क जिल्लाको प्रत्येक वडामा आवश्यक रहेकाले सबैले उक्त योजना बनाई कार्यान्वयन गर्नु पर्ने बास्कोटाले बताउनु भयो । नेकपा एमालेले आगामी निर्वाचनमा वडामा दिर्घकालीन ५ वटा योजना अनिवार्य ल्याउनु पर्ने सर्कुलर पठाएको र विकासका खाका कोरेको बताउनु भयो । काभ्रेमा हरेक विकासका जग हालेकाले ति विकासका योजनालाई पुरा गर्न समेत पुन एमालेले जित्नु पर्ने र उक्त योजना सम्पन्न हुने उहाँले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती काभ्रेका प्रमुख उद्धब केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, उपभोक्ता समिती, स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सभापति तथा वडा अध्यक्ष शिब कुमार थापाले निर्वाचनमा गरिएको प्रतिबद्धता पुरा भएका बताउनु भयो । सडक, खानेपानी सगै उक्त शान्तिपार्कको निमार्ण हुन लागेको बताउनु भयो । शहरी विकास मन्त्रालय बाट रु १ करोड ३१ लाख र बनेपा नगरपालिका बाट १ करोड ३१ लाख गरी २ करोड ६२ लाखमा १७ रोपनी जग्गामा उक्त पार्क निमार्ण हुन लागेको थापाले बताउनु भयो । उक्त पार्कमा, पिकनिक स्पोर्ट, चिल्डे«न पार्क, शौचालय निमार्ण हुने बताएको छ ।









